काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नयाँ सत्ता गठबन्धनमा कुनै समस्या नभएकाे बताएका छन् ।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा उनले सुदूरपश्चिम सरकार गठनका क्रममा भएको सामान्य विवादका कारण गठबन्धनमा कुनै समस्या नभएकाे बताएका हुन् ।
सञ्चारकर्मीले सुदूरपश्चिम सरकार गठनमा देखिएको विवादबारे सोधेको प्रश्नमा उनले भने,‘हामी नेताहरू छलफल गर्न भ्याएका थिएनौ ,अहिले सामान्य छलफल भएको हो , कुनै एजेण्डा विशेष केहीमा छलफल भएको होइन ।’