काठमाडाैं । नेपाली कांग्रेसका सांसद् डा. सुनील शर्माले वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

सांसद् शर्माले आज हेपाली हाइटमा रहेको डा. कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) पुगेर सहयोग गरेका हुन् । राज्यले गर्नुपर्ने काम डा. कोइरालाले आफैँ गर्न लागेको देखेर सम्मानस्वरुप आफूले सहयोग उपलब्ध गराएको उनले बताए ।

कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौंसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here