काठमाडौँ – राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने निर्णयसँगै बनेको आठ दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बालुवाटारमा आठ दलको बैठक सुरु भएको हाे।
राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एक ठाउँमा उभिएका छन् । आजको बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्लो विकसित घटनाक्रम, सत्ता साझेदारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।