काठमाडाैं । सुप्रिम सहकारी घोटाला प्रकरणमा पक्राउ परेका दीपेश पुन धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।
रुपन्देही जिल्ला अदालतमा भएको थुनछेक र बहसपछि न्यायाधीश डा.दीपक उप्रेतीको इजलासले शुक्रबार पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनले आज धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान भएका हुन् ।
पुनसँगै नविन अछामीले धरौटी जम्मा गर्न नसकेपछि जिल्ला कारागार रुपन्देही चलान भएका छन । अछामीले १४ लाख धरौटी जम्मा गर्न सकेनन् ।
रोशनी गुरुङ र निता थापालाई जनही २ लाख धरौटी, सहकारीका सविच दुर्गा चापागाईँ पाण्डेलाई १८ लाख धरौटी, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार धरौटी धरौटी अदालतले तोकेको थियो ।