काठमाडाैं । नेकपा एमालेको आजदेखि राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु हुँदैछ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरू हुने परिषद् बैठकमा देशभरका एमालेका २ हजार बढी नेता कार्यकर्ता सहभागी हुने छन् ।

परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्छ ।

वैशाख १० गते नेकपाको ७५ औँ स्थापना दिवसको अवसरमा एमालेले विशेष कार्यक्रम पनि गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here