काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘खजुरे ब्रो’को ‘मनि मनि’ सार्वजनिक भएको छ । र्याप प्यार्टनमा तयार गीतमा ¥यापर कुशल पोखरेलको स्वर तथा शब्द रहेको छ । गीतमा संगीत भने केपासले दिएका छन् । बलिउड शैलीमा फिल्मको प्रोमोसन गर्ने उदेश्यले गीत तयार पारिएको निर्देशक सुरज सुनुवारले बताए । ‘खजुरे ब्रो’ अहिले चलिरहेका ट्रेन्डभन्दा फरक स्वादको रहेको उनको धारणा रहेको छ ।

गीतमा अभिनेत्री नीति शाहलाई पैसा उडाइरहेको देख्न सकिन्छ । उसो त फिल्मका कलाकार नवीन मानन्धरले पनि भिडियोमा पैसा उडाइरहेका छन् । रेअर राई, विनिता थापा मगर, महेश त्रिपाठी लगायतका कलाकार समेत भिडियोमा देख्न सकिन्छ ।दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा  निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् ।

सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायाङ्कन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन् । अनमोल गुरुङको संगीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ । फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राईलगायतका कलाकारहरुको अभिनय छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here