काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना रियल मड्रिडसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना मड्रिडसँग ३-२ गोलको अन्तरले पराजित भएको हो ।
रियल मड्रिडका लागि भिनिसियस जुयिर, लुकास भाजक्वेज र जुड बेलिङ्घमले एक–एक गोल गरेका थिए । यस्तै, बार्सिलोनाका एन्ड्रियास क्रिस्टेनसेन र फर्मिन लोपेजले एक–एक गोल गरे
खेलको छैटौँ मिनेटमा गोल गर्दै बार्सिलोनाका एन्ड्रियासले टोलीलाई सुरुवाती अग्रता दिलाए । तर खेलको १८औँ मिनेटमा रियलका भिनिसियस पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ६९औँ मिनेटमा फर्मिनले गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाए । तर रियलका लुकासले ७३औँ तथा बेलङ्घिमले इन्जुरी समयमा गोल गर्दै रियललाई ३–२ गोलको जित दिलाए ।