काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको नौ महिनामा ३७ अर्ब रुपैयाँ भन्दा बढीको खाद्यान्न आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार नौ महिनाको अवधिमा ३७ अर्ब १ करोड रुपैयाँ बराबरको खाद्यान्न वस्तु आयात भएको हो ।

जसअनुसार लाख ८९ हजार मेट्रिक टन खाद्यान्न आयात भएको विभागको भनाइ छ । यस्तै सरकारले सो खाद्यान्न वस्तु आयात गरे वापत् २ अर्ब ३३ करोडको राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा आयात भएको खाद्य वस्तुमध्ये भारतबाट मात्रै ३६ अर्ब ४ करोड रुपैयाँको आयात भएको छ । सो रकम खर्च गरे विपत् सरकारले भारतबाट ७ लाख ८१ हजार मेट्रिक टन खाद्य वस्तु आयात गरेको छ ।

अन्य मुलुकबाट करिब १ अर्ब रुपैयाँ बराबर ८ हजार मेट्रिक टन खाद्य वस्तु ल्याएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here