काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबीच वान टु वान भेटवार्ता भएको छ । बुधबार बिहान काठमाडौँको होटल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र थानीबीच वान टु वान भेटवार्ता भएको हो ।
प्रधानमन्त्री र थानीको वान टु वान भेटवार्तापछि दुईपक्षीय वार्ता हुने र त्यसपछि विभिन्न सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।