काठमाडाैं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता आङटावा शेर्पालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

आज न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गरी ३० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रायमाझीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । तर

सर्वोच्चले टोपबहादुर रायमाझीसहितका ७ जनालाई भने थुनामै राख्ने आदेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here