काठमाडाैं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा साधारणतया आंशिक बदलीरही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
आज राती देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीरही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।