काठमाडाैं । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा उत्साहपूर्वक मतदान सुरू भएकाे छ । शनिबार बिहान ७ बजेदेखि नै मतदाता मतदान केन्द्रमा आएकाे निर्वाचन आयोगले जनाएको छ ।

बझाङ १ मा कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् ।

बझाङ १ मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here