काठमाडौं – आकाश त्रिपाठी र उत्तम रङ्गु थापामगरले दोस्रो विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी यू–१९ क्रिकेट विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।

दोस्रो विकेटका लागि आकाश र उत्तमले ९८ रनको अविजित साझेदारी गरेपछि छनोटको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार हङकङविरुद्ध नौ विकेटको सानदार जित दर्ता गर्यो ।

यूएईको मलेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको हङकङ ४६.३ ओभरमा १२० रनमा समेटिएको थियो । १२१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २२.१ ओभरमा एक विकेट गुमाएर १२६ रन बनायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here