काठमाडाैं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । हवाई इन्धनको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको आज बसेकाे बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएकाे छ भने हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी ७ डलरले वृद्धि गरेको हो ।
निगमले नयाँ मूल्य सूची बुधबार बिहान १ बजेदेखि लागू हुने जनाएको छ ।
