काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ ।
मंगलबार बिहान सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बसेको रास्वपाको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको हो ।
मंगलबार मध्याह्न १२ सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठनका लागि समर्थन गर्न दिन सक्दैनौँ भनेर पार्टीले कुरा राख्ने निर्णय भएको छ ।
बैठकमा बजेट अधिवेशनको प्रभावकारिता र वैशाख १५ मा सम्पन्न उपनिर्वाचनबारे समेत समीक्षा भएको थियो ।