काठमाडौँ । कालिकोटमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप सोही ठाउँको हाउडी खोलामा दुर्घटनामा परेको हो । प्रहरीकाअनुसार उक्त दुर्घटनामा ७ जना घाइते भएका छन् ।

घाइते हुनेहरू सबै शुभकालिकाकै हुन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको उक्त जिपमा सडकबाट तल खोलामा खसेको छ । घाइतेको अवस्था भने निकै गम्भीर रहेको बताइएको छ । घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here