काठमाडौँ । ललितपुरबाट प्रहरीले नक्कली नोटसहित एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१० बस्ने १८ वर्षीय किशोर छन् ।

उनलाई सानेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए । आरोपीको साथबाट प्रहरीले १ हजार दरका ५ थान नक्कली नोट बरामद गरेको छ ।घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here