Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौँ । चर्चित लोकगायक राजु परियार र गायिका निकी थापाको स्वर रहेको दोहाेरी गीत मुटु काट्यो सार्वजनिक भएको छ । गीतमा शब्द सृजना लोकगायक साजन कुँवरको रहेको छ । राजु परियारले नै सङ्गीत दिएको गीतको भिडियोमा सरोज प्रजा र विना राउत फिचर्ड छन् । गीतमा माया प्रेम र सम्बन्धमा देखिएका समस्या र गुनासोलाई प्रस्तुत गरिएको छ । 

सुजन कोइरालाले सम्पादन गरेको गीतको भिडियोलाई निशान बानियाले निर्देशन गरेका हुन् । गीत निकी थापा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here