काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रवारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा १ लाख ३६ हजार ९०० रुपैयाँ कायम छ ।

यस्तै गत साताको शुक्रवार तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम तेजाबी सुनको मूल्य यो साताको शुक्रवार १ लाख ३६ हजार २५० रुपैयाँ कायम छ । यो साता सुनको मूल्यले नेपाली बजारमा ऐतिहासिक कीर्तिमान कायम गर्‍यो । साताको सोमबार सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँसम्म पुगेको थियो । यसपछि निरन्तर घट्दै शुक्रवारसम्म आइपुग्दा १ लाख ३६ हजार ९०० रुपैयाँ कायम भएको हो । सुनको मूल्य घटे पनि यो साता चाँदीको मूल्यमा भने वृद्धि आएको छ ।

गत साताको शुक्रवार चाँदीको मूल्य प्रतितोला १८ सय रुपैयाँ कायम थियो । जुन यो साताको शुक्रवारसम्म आइपुग्दा १८ सय ५५ रुपैयाँ कायम भएको छ । यो एक सातामा आएको ५५ रुपैयाँको वृद्धि हो । यो साता चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान कायम गरेको थियो । साताको आइतबार चाँदीको मूल्य बढेर १९ सय १० रुपैयाँसम्म पुगेको थियो ।




 







 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here