काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को बेलमा जान अवरोध गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक सर्वेक्षण वाचन गर्न अर्थमन्त्री बेलमा जान लाग्दै गर्दा प्रतिपक्षी दलले अवरोध गरेको हो । सहकारी काण्डलाई लिएर प्रतिपक्षीले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।