काठमाडौँ । टी–२० विश्वकपको इतिहासमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलको नाममा रहेको छ । टी–२० विश्वकपमा सबैभन्दा कम बलमा शतक बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो र दोस्रो स्थानमा गेलकै नाम छ ।

गेलले सन् २०१६ मा भारतमा सम्पन्न टी–२० विश्वकपको इङ्ल्यान्डविरुद्धको खेलमा यो कीर्तिमान बनाएका थिए । वानखेड स्टेडियममा खेलिएको उक्त खेलमा आक्रामक ब्याट्सम्यान गेलले केवल ४७ बलमा अविजित एक सय रन बनाएका थिए । यस क्रममा गेलले ११ छक्का र पाँचवटा चौका पनि प्रहार गरेका थिए । उक्त खेलमा वेस्ट इन्डिज ६ विकेटले विजयी भएको थियो । त्यो विश्वकपको उपाधि पनि वेस्ट इन्डिजले नै जितेको थियो । वेस्ट इन्डिजले फाइनलमा पनि इङ्ल्यान्डलाई नै हराएको थियो । 

त्यसअघि गेलले नै सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणमा आयोजक दक्षिण अफ्रिकाविरुद्ध केवल ५० बलमा शतक बनाएका थिए । त्यो खेलमा उनले १० छक्का र सात चौकाको मद्दतले एक सय १७ रन बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here