काठमाडौँ । गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सुरु भएको छ । पोखराको पोखरा इभेन्ट सेन्टरमा सुरु भएको मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रूपमा उद्घाटन गरेका छन् । होटल सङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे, प्रमुख अतिथि डीपी अर्याल, विशेष अतिथि सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री गण्डकी प्रदेश विन्दुकुमार थापा, आर्थिक मामिलामन्त्री डा.टंकराज गुरुङ लगायतका अतिथिहरूको उपस्थिति रहेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल सङ्घ नेपाल (हान) को संयोजन र सह–आयोजकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ लगायतका सरोकारवाला संस्थाहरू रहेका छन् ।

मेलामा विभिन्न खालका ३९ वटा स्टलहरू राखिएका छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासङ्घ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरू रहेका छन् । 

आज र भोलिसम्म चल्ने मेलामा श्रमाधानका बहुआयामीक पक्षबारे संवाद समेत हुनेछ। दुई दिनसम्म चल्ने मेलामा पहिलो दिन श्रम आप्रवासन ः कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा संवाद हुनेछ। 

त्यस्तै दोस्रो दिन भोलि शिक्षा र रोजगारी बिचको सेतु: कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाँठा विषयमा संवाद हुनेछ।  कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशमा पुगेर सकिनेछ। मेलाले विशेषगरी रोजगारदाता र रोजगारी खोज्नेबिच देखिने गरेको खाडल पुर्न महत्त्वपूर्ण मानिने श्रम मन्त्रालयले जनाएको छ ।

मेलामा स्वागत मन्तव्य राख्दै श्रम मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेले रोजगारदाता र रोजगारी खोज्नेहरूबिच पुलको काम गर्ने बताए । बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न साङ्केतिक पहल भएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here