काठमाडौँ । नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् । आचार्यले निकटतम प्रतिस्पर्धी दीपक पौडेललाई ६७ मतान्तरले हराएका हुन् । 

आचार्यले २ सय ७७ मत पाउँदा पौडेलले २ सय १० मत पाए । ४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको थियो ।  महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् । पदाधिकारीतर्फ पनि आचार्य प्यानल नै विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here