काठमाडौँ । मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक नै अवरुद्ध भएको छ । सोमबारको बैठकमा जनमत पार्टीका सांसदले सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा भएको घटनाको छानबिन गर्न संसदीय समिति छानबिनको माग गर्दै अवरुद्ध गरेका हुन् ।
सुरुमै जनमतका प्रदेश सांसद सञ्जय यादव उठेर घटनाको लागि छानबिन समिति नबने सदन चल्न नदिने बताएका थिए ।त्यसपछि जनमतका सांसदहरू उठेर अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् । त्यसअघि सभामुख मण्डलले प्रदेश प्रमुखबाट प्राप्त पत्रहरू बढेर सुनाएका थिए ।