काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग श्रीलंका ६ विकेटले पराजित भएकाे छ ।
साेमबार राति भएकाे खेलमा दक्षिण अफ्रिकासँग टस जितेर पहिला ब्याटिङ गरेकाे श्रीलंकाले १९.१ ओभरमा १० विकेट गुमाएर ७७ बनाएकाे थियाे । ७८ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
दक्षिण अफ्रिकाकाे जितका लागि क्वीनटन डी ककले २० रन बनाए । त्यस्तै, हेनरिक क्लासनले नटआउट रहँदै १९ रन बनाए । ट्रिस्टन स्टबसले १३ र कप्तान ऐडन मार्क्रमले १२ रन बनाए ।
एनरिज नोर्टजेले ४ विकेट लिए । त्यस्तै केशव महाराज र कागिसो रबाडाले २-२ विकेट लिए ।
श्रीलंकाका लागि कुशल मेन्डिसले १९ रन बनाए । त्यस्तै, एन्जेलो म्याथ्युजले १६ रन र कामिन्डु मेन्डिसले ११ रनको योगदान दिए ।