काठमाडौं । आईसीसी टी-२० विश्वकपमा नेपालले मंगलबार नेदरल्याण्ड्सकाे सामना गर्दै छ । खेल नेपाली समयअनुसार राति ९:१५ मा अमेरिकाको ड्यालसमा सुरू हुनेछ ।
आईसीसी टी-२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा विश्वकप खेलेको थियो ।
विश्वकपमा नेपाल र नेदरल्याण्ड्स पहिलो पटक सामना गर्न लागेका हुन् । नेदरल्याण्ड्स टी-२० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी हो ।