एजेन्सी– ग्रिसमा मंगलबार राति दुई वटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३२ जना यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भाएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार एथेन्स सहरबाट उत्तरी सहर थेसालोनिकी गइरहेको यात्रुवाहक रेल र विपरित दिशाबाट आइरहेको कार्गो रेलसँग लारिसा सहरको बाहिरी क्षेत्रमा ठोक्किएका हुन्। दुर्घटनाको कारण खुल्न सकेको छैन।  तीव्र गतिमा रहेका दुबै रेलले एक-अर्काबारे जानकारी नपाएको हुनसक्ने बताइएको छ।

रेल ठोक्किएपछि यात्रुवाहक रेलका चार डिब्बामा आगो लागेको थियो। धेरै यात्रुहरू जलेका थिए। दुर्घटनामा परी  ८५ यात्रु घाइते भएका छन्।यात्रुवाहक रेलमा ३५० यात्रु थिए। अरू यात्रुको उद्धार गरिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here