काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री लामिछानेले आफूले कयौँ पटक सहकारीपीडितको पक्षमा लडेपनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको बताए ।
उनले भने,’मेरो त भाग्य नै यस्तै छ । जुन विषयका लागि आफू लडेको हुन्छु । त्यसैको आरोप खेप्नुपर्छ । सहकारीपीडितका लागि कयौँ रिपोर्ट बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ ।’
नागरिकताको विषयमा आफूले लड्नुपरेको भन्दै त्यसैको आरोप खेप्नुपरेको समेत बताए । आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लागि लडाइँ लड्न नछोड्ने दृढता व्यक्त गरे ।
उनले भने, ‘
उपप्रधानमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि बताए ।