काठमाडाैं । १४ किलो सुन तस्करी प्रकरणमा सबै प्रतिवादीलाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
बिहीबार उच्च अदालतका न्यायाधीश हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले थुनामा पठाउने आदेश गरेको हो ।
जिल्ला अदालत काठमाडौंले यसअघि थुनामा पठाउने भनी गरेको आदेश मिलेकै देखिएको भन्दै उच्चले सोही आदेश सदर गरेको हो । जिल्लाले थुनामा पठाउने आदेश गरेपछि उनीहरू उच्च अदालत गएका थिए । उच्चले थुनामा पठाएपछि उनीहरू सर्वोच्चसम्म जान पाउने छन् ।
सुन तस्करीको अभियोगमा थुनामा रहेका लेकबहादुर तामाङ, रमेश देउला ,अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ,शेरबहादुर बस्नेत ,कृष्णकुमार श्रेष्ठ,मीनबहादुर घले र जीवन गुरुङलाई उच्चले थुनामा पठाएको हो ।
यो विवादमा नेपाल सरकारका तर्फबाट उच्चमा निवेदन पुगेको थियो । जसअनुसार प्रतिवादीको तर्फबाट २०८० चैत ७ मा र सरकारवादीको तर्फबाट २०८१ जेठ १७ गते निवेदन दर्ता गराइएको थियो ।