काठमाडाैं । फिफा विश्वकप २०२६ अन्तर्गत दाेस्राे चरणकाे छनोट खेलमा नेपाल युएईसँग पराजित भएकाे छ ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रंगशालामा आज राति भएको खेलमा नेपाल युएईसँग ४-० गोलले पराजित भएको हो ।

खेलको पहिलो हाफको १२ औँ मिनेटमा एक गोल गर्दै हरिब अब्दुल्ला सुहेलले युएईलाई अग्रता दिलाए । त्यस्तै उनले नै खेलको १४ औँ मिनेटमा एक गोल गरे । अली सालेहले ५३औँ मिनेटमा एक गोल गरे । त्यसैगरी हाजेम मोहम्मदले ७५ औँ एक गोल गर्दै युएईको जित सुनिश्चित गरे ।

यसअघि पहिलो चरणको खेलमा नेपाल युएईसँग ४-० गोल नै पराजित भएको थियो। समूह एचको शीर्ष स्थानमा रहेको युएई जितसँगै पाँच खेलबाट १५ अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here