काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडाैंकाे दरबारमार्गस्थित क्यासिनो प्यालेसमा छापा मारेको छ ।

राजस्व विभागको टोलीले क्यासिनोबाट १ करोड ५ लाख रूपैँया बरामद गरेको छ ।

राजस्व विभागका महानिर्देशक चक्र बहादुर बुढाका अनुसार विदेशी मुद्राको अवैध कारोबार गरेको सूचनाको आधारमा छापा मारिएको छ ।

थप अनुसन्धानका लागी क्यासिनोको सेफ र लकरलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here