काठमाडाैं । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । शुक्रबार साँझ राष्ट्रपति द्रौपदी मुर्मूले एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
यसअघि आज बिहान बसेको एनडीए सांसदको बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो ।
उनले आइतबार साँझ ६ बजे शपथ लिनेछन् ।