काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डकाे जेनेभा भ्रमणमा जाने भएका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को वार्षिक उत्सवलाई सम्बोधन गर्न राष्ट्रपति पौडेल राष्ट्रपति पौडेल मंगलबार स्वीट्जरल्याण्ड जाने भएका हुन् ।

सम्मेलनमा उनले समाजिक न्याय सम्बन्धी एक बहस सत्रमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता समेत गर्ने भएका छन् ।

जर्मनीका राष्ट्रपतिको निमन्त्रणमा उनी आगामी असार १ गते जर्मनी जान लागेका हुन् । राष्ट्रपतिको भ्रमण टोलीमा सविता पौडेल, परराष्ट्र सल्लाहकार सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालयका कर्मचारी लगायत हुनेछन् ।

राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here