काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन् ।आईसीसी टी २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रिएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए । 

उनले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताए । उनले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने बताए । कप्तान पौडेलले श्रीलंकासँगको खेललाई लिएर टिम उत्साहित रहेको समेत बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here