काठमाडौं । सङ्खुवासभाको चिचिला गाउँपालिका-३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमापरी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन् ।