काठमाडौं । नेकपा एमालेकाे सांसद् एलपी साँवा लिम्बुले हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काइ नदीमा पुल निर्माण हुन थालेको १३ वर्ष बित्दा समेत पुरा नभएको भन्दै पुल निर्माण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेकाे प्रतिनिधिसभा बैठकमा उनले आफुले उक्त पुल निर्माण सम्पन्न गर्न पटक पटक सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताएका हुन् ।

उनले भने,‘एउटा पुल निर्माणमा १२,१५ वर्ष लाग्ने हो भने कसरी समृद्ध नेपाल बन्छ ।’ भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here