काठमाडौं । उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले सफाइ पाएका छन् ।
बिहीबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनालाई विशेष अदालतले सफाइ दिएको हाे ।
अख्तियारले यस मुद्दामा उद्योगका तत्कालिन नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालिन कामु उपनिर्देशक पवन कुमार कर्ण, प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल र निर्देशकहरु ध्रुवबहादुर देवकोटा र महेश प्रसाद काफ्लेलाई प्रतिवादी कायम गरिएकोमा सबैले सफाइ पाएका छन् ।
अध्ययनबिना आवश्यक नभएको सामग्री खरिद गरेको आरोपमा अख्तियारले उनीहरुमाथि २२ लाख ७८ हजार भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।