काठमडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नालाका लागि खाल्डो खन्ने क्रममा तीन मजदुरको मृत्यु भएको छ ।

स्थानीय आक्रोशित भएर मेयर विष्णुप्रसाद भुसालको घरमा ढुंगामुढा तथा तोडफोड गरेका छन् ।

कावासोती नगरपालिका-२ फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा तीन महिला मजदुर पुरिएका थिए ।

पुरिएकामध्ये कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीय चमेली दर्लामीको मृत्यु भएको प्रहरीले जनाएकाे छ । दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकाे थियाे । तर चिकित्सकले मृत घोषणा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here