काठमाडौं । नेपालमा अझै पनि २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९ / ८० को तथ्यांकअनुसार नेपालको कुल जनसंख्यामध्ये २०.२७ प्रतिशत गरिबीको रेखामुनि रहेको पाइएको हो ।

नेपालमा ६५ प्रतिशत मजदुर,श्रमिकले दैनिक ज्यालादारीमा काम गर्ने गरेको पाइएको छ । प्रतिवेदनको मुख्य अंश गरिबीको तथ्यांक गत माघमै सार्वजनिक भएको थियो । गरिबीको नयाँ आधिकारिक रेखाअनुसार प्रतिवर्ष प्रतिव्यक्ति जम्मा खर्च ७२ हजार ९०८ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिब अन्तर्गत वर्गीकरण गरिएको तथ्यांक कार्यालयले जनाएको छ ।

सार्वजनिक तथ्यांकमा भनिएकाे छ ,‘गरिबीको रेखाअनुसार नेपालमा करिब २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । गरिबीको दर सहरी क्षेत्र १८.३४ को तुलनामा ग्रामीण क्षेत्रमा धेरै २४.६६ रहेको देखिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here