काठमाडौं । लुम्बिनी प्रदेश सरकारले शनिबार आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउने भएको छ ।
प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकारले ३५ देखि ४० अर्बकोबीचमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा करिब १० अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने गृहकार्य गरेको थियो । राजश्व संकलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट आकार घट्ने भएको हो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत वृद्धि नभएका कारण करिब ३५ देखि ४० अर्बकोबीचबाट बजेट ल्याउन थालेको छ ।