काठमाडौं । पशुपतिनाथ मन्दिरको चारवटै ढोका आज बिहानदेखि खोलिएको छ । पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण पशुपतिनाथको चार वटै ढोका खोलिएको हो ।

चारवटै ढोका खोलिएपछि अहिले पशुपतिनाथको दर्शनका लागि भक्तजनको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न सहज भएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिँदै आएको थियो ।

पहिला शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका खोल्ने गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here