काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । बैठक आज नयाँ बानेश्वरस्थित संसद भवनको लोत्सेहलमा दिउँसो २ बजे बस्ने प्रमुख सचेतक महेश बर्तौलाले बताए । ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसद्लाई निर्देशन दिने र संसदमा पार्टीको भूमिका बारे छलफल हुनेछ ।

संसदमा आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेको छ । बजेटमाथि छलफल चलिरहेका बेला एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here