काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवनलशमशेर राणाले यो वर्षको वर्षायाममा अत्यधिक वर्षा हुने पूर्वानुमान भएकाले बाँकेको डडुवाका जनतालाई बचाउन लक्ष्मणपुर बाँधका ढोका खोल्न पहल गर्न माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राणाले ‘लक्ष्मणपुर बाँध ६ मिटर अग्लो छ ।

वर्षायाममा डडुवा गाउँ चुर्लुम्म डुब्छ । र, आर्मीले डुङ्गा लगेर मानिस बचाउनुपर्ने स्थिति बन्छ’, उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘यो वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान छ । यो समस्याबाट मुक्त हुन भारतसँग कूटनीतिक वार्ता गरेर लक्ष्मणपुर बाँध खुलै राख्नुपर्‍यो ।

’उनले राप्ती खोलामा केही वर्षअघि भारत सरकारले डीपीआर गरेर तटबन्ध लगाउने कुरा सुनिश्चित भएको भन्दै त्यो कुरा कहाँ हरायो भनेर खोजी गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘र यो वर्षायाममा लक्ष्मणपुर बाँधका ढोकाहरू खुलै राख्न भारतसँग यो सरकारले माग गर्नुपर्‍यो ।’ वर्षायाममा भारतीय पक्षले बाँधका ढोका बन्द गर्दा नेपालतर्फ डुबान हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here