काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिने नदिनेबार पार्टीको बैठक राखेर निर्णय लिने बताएका छन् । उम्मेदवार नेम्वाङसहित मत माग्न आएको एमाले नेताहरुको टोलीसँग भेटवार्ता गरिसकेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘हामीले उम्मेदवार उठाएका छौँ । संविधानमा निर्मायामा योगदान गरेको व्यक्ति उठाएका छौँ । र राष्ट्रय सहमतिका लागि उपयुक्त पात्रलाई उठाएका छौँ तपाइँहरुले मत दिनु पर्यो भनेर उहाँहरुले मत माग्नु भयो,’ अध्यक्ष राउतले भने, ‘हामीले पार्टीमा बैठक राखेर छलफल पछि मात्रै निर्णयमा पुग्छौँ भनेका छौँ ।’

२५ फागुनमा हुने निर्वाचनमा नेम्वाङलाई जिताउन एमाले नेताहरु पार्टीका शीर्ष नेतहरुलासँग मत माग्ने क्रममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here