काठमाडौं । कोपा अमेरिका फुटबलकाे उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । आज बिहान भएकाे खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक- एक गोल गरेका थिए । खेलको ४९ औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले म्याक एलिस्टरको पासमा गोल गरेका हुन् ।

त्यस्तै खेलको ८८ औँ मिनेटमा अल्भारेजले कप्तान लियोनल मेस्सीको पासमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो । जितपछि समूह ए मा अर्जेन्टिनाले महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here