काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् ।

माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनमा शनिबार उनले सरकारको नेतृत्व लिएदेखि आफूलाई हटाउन खोजिएको बताए । आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको उनले दाबी गरे ।

उनले भने,‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएदेखि हो । तर तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। हामीलाई हटाउन सजिलो छैन । ढुक्क भएर काम गरे हुन्छ । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ ।’

सरकारमा रहँदासम्म भ्रष्टाचार, सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने उनकाे भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here