काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार आफैँ ढल्ने बताएका छन् ।
आज विराटनगरमा नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने बरु वर्तमान सरकार आफैँ ढल्ने दाबी गरे ।
‘राजनीतिलाई अपराधीकरण गर्ने कार्य भइरहेकोप्रति सबै सचेत हुनुपर्छ राजनीतिज्ञ, व्युरोक्रेट र व्यवसायीह मिलेर मुलुकको ऐन-कानून र नियमलाई खिल्ली उडाउने कार्य भइरहेको छ । राजनीतिमा अपराधीकरण बढ्दा मुलुकको अस्तित्व नै संकटमा पर्नसक्छ ।’
उनले राजनैतिक अस्थिरता संघीय सरकारमा मात्रै नभई सात वटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको बताए ।