काठमाडौँ । नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभामा पेस भएको छ । आइतबारको बसेको राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेस गरेका हुन् । उनले नवीकरणीय ऊर्जाको उत्पादन र विकास गर्दै नागरिकका आधारभूत आवश्यकताका लागि सुलभ मूल्यमा भरपुर ऊर्जाको आपूर्ति सुनिश्चित हुने बताए । 

उनले ग्रामीण ऊर्जा नीति, २०६३ र राष्ट्रिय ऊर्जा दक्षता कार्यान्वयन नीति, २०७५ ले परिकल्पना गरेबमोजिम क्रमशः नवकरणी ऊर्जा एवं ऊर्जा दषताको क्षेत्रमा काम गर्ने निकायहरूको काम, कर्तव्य, अधिकार, दायित्व तथा जिम्मेवारी सम्बन्धी कानुनी व्यवस्था हुने बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here