काठमाडौं । नेपाल अफ्रिका फिल्म महोत्सव नाफमा अभिनय मार्फत सर्वोत्कृस्ट जुरी अवार्ड प्रभात पाल ठकुरीले प्राप्त गरेका छन् । सिनेमा सरी ममू मार्फत उनले उत्कृष्ट अवार्ड प्राप्त गरेका हुन् । हलमा सामान्य ब्यवसाय गरेको सिनेमा हेर्ने दर्शकले प्रभातको अभिनयको भने तारिफ गरेका थिए । केही सिनेमा र दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेका प्रभातलाई सम्भावना बोकेका नायकको रुपमा लिने गरिएको छ ।

उनका हरेक काममा दर्शकले सकारात्मक प्रतिक्रिया दिने गरेको भए पनि निर्माता निर्देशकको नजरमा भने उनी नपरेका हुन कि भनेर चर्चा पनि सिनेबृतमा हुने गर्छ । समग्रमा उनको कामको सम्मान स्वरुप उनलाई जुरीले उत्कृष्ट अभिनयको लागि अवार्डमा चुनेका हुन् । यो छनौटले नाफको अवार्डको गरिमा समेत बढेको छ ।

नेपाल र अफ्रिकाबीचको सिनेमा र सांस्कृतिक आदानप्रदानको रुपमा यो अवार्ड आयोजना गरिएको हो । काठमाडौंमा आयोजित महोत्सवमा दुवै महादेशका विविध सिनेमाहरु प्रस्तुत गरिको थियो । महोत्सवमा सिनेमा देखाइनुको साथै प्यानल छलफल र कार्यशालाहरू समावेश गरिएको थियो । महोत्सवमा विश्वभरका सिनेकर्मी, कलाकार र सिनेमाप्रेमीहरूले सहभागिता जनाएका थिए । नाफ आयोजकले आगामी वर्षको महोत्सवको तयारी समेत सुरु गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here