काठमाडौँ । ‘मिस तथा मिसेस् इन्डिजिनियस २०२४’को माया गुरुङ र युजिना राईले जितेका छन् । एसके इन्टरटेन्मेन्टको आयोजनामा जमलस्थित राष्ट्रिय नागघरमा सोमबार साँझ आयोजित प्रतियोगितामा मायाले  मिसेस् र युजिनाकाले मिस तर्फको उपाधि जितेकी हुन् ।

प्रतियोगितामा मिस तर्फ माया शेरपुजा फस्ट रनरअप, आरुषी थापा मगर सेकेन्ड रनरअप तथा आकृति गुरुङ थर्डरनर अप चुनिदा मिसेस् तर्फ सोनिया चाम्लिङ राई फस्ट रनर अप, सुजाता तामाङ सेकेन्ड रनरअप, सन्जु गुरुङ थर्ड रनरअप र मनिता तामाङ फोर्थ रनर अप भए ।

विजेता सबैलाई प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री सीता गुरुङ, प्रकास भुजेल, कलाकार सरोज खनाल लगायतले ताज पहिराए । विवाहित र अविवाहित गरेर २५ प्रतियोगी रहेको प्रतियोगीतामा कोरियोग्राफी, फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।

आदिवासी जनजाति महिलाहरुको व्यक्तित्व र बौद्धिकता तथा सांस्कृतिक विकास, प्रचार र सवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष मिस तथा मिसेस् इन्डिजिनियस प्रतियोगिता आयोजना हुँदै आएको आयोजक एसके इन्टरटेमेन्टका शान्ता तामाङले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here